Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

पुनः २५ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

पुनः २५ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 2.5K
    Shares

    पुनः २५ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

    जारी मिति भने असार सात गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् भने बिक्री गरिने कुल ट्रेजरीहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

    राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने कुल २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी मध्येमा पुरानो नविकरण अन्र्तगत २० अर्ब ५३ करोड र नयाँ पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

    यसअघि यही जेठ ३० गते राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ ५ २०७९ आइतवार - १५:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij