Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै

चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै


  • 7.6K
    Shares

    चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै
    images

    काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ भोलि ९शुक्रबार० बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइले सर्वसाधारणका लागि जारी गरिएको क्यापिटलले हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने जनाएकोछ ।

    कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन परेको थियो । त्यस मध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएकोले कुल १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

    कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

    माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। बाँकी १० लाख ७१ हजार ५ सय १५ जनाको हात रित्तो हुने देखिएको छ ।

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १२:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij