Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक घाइते


  • 8.9K
    Shares

    • images
    मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक घाइते
    images

    सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । साथै एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

    त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मोटरसाइकल चालक साहसहित तीन जना सवार प्रदेश नं २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दाआफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १०:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij