Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नबिल बैंककाे नाममा फेक फेसबुक अकाउन्ट, भ्रामक सूचनामा विश्वास नगर्न बैंकको अपिल

नबिल बैंककाे नाममा फेक फेसबुक अकाउन्ट, भ्रामक सूचनामा विश्वास नगर्न बैंकको अपिल


  • 3.3K
    Shares

    नबिल बैंककाे नाममा फेक फेसबुक अकाउन्ट,  भ्रामक सूचनामा विश्वास नगर्न बैंकको अपिल

    नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको पाइएको छ ।

    नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो । फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ ।

    नक्कली अकाउन्टबाट प्रेषित भ्रामक सूचना ठगीको नियतका साथ सम्प्रेषण भएको हुनसक्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ ।

    बैंकको फेसबुकबाट भेरिफाइड भएको फेसबुक पेज मात्रै रहेको र त्यसबाट पोस्ट गरिएका सूचना तथा जानकारी मात्रै आधिकारिक भएको सूचनामा उल्लेख गरिएको छ ।

    nabil_OymQmzqCHy.png

    प्रकाशित मिति :जेठ ३० २०७९ सोमवार - १५:२६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij