Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्राइम बैंककाे संस्थापक सेयर बिक्रीमा

प्राइम बैंककाे संस्थापक सेयर बिक्रीमा


  • 4.3K
    Shares

    प्राइम बैंककाे संस्थापक सेयर बिक्रीमा
    images

    प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्न लागेको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नाे नाममा रहेकाे संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेकाे हाे ।

    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

    सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १६:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij