२०८२ भाद्र २२ गते आइतवार
बैंकहरूको निक्षेप संकलन एकदिनमै ६ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ २३ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेर कूल ४९ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ ।
जेठ २२ गते बैंकहरूको निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले नै बढेर ४३ खर्ब ९३ अर्ब पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४ अर्बले बढेर ४७ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशतबाट घटेर ८९.९४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij