एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्सुरेन्सको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकले नेपाल लाइफको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो।
यसको मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ। यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इन्छुक संस्थापकले आज (जेठ २५ गते) देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।