२०८२ भाद्र ८ गते आइतवार
भर्खर सम्पन्न भएको स्थानीय चुनाव र यहाँ अकण्टक चलिराखेको तन्त्रलाई गौर गरी नियाँल्दा नियात्राकार हरिप्रसाद घिमिरेको महाकाव्यले सिङ्गो नेपाली आवाज र भोगाइलाई प्रतिविम्बित गरेको प्रतीत हुन्छ। यही ज्येष्ठ १४ गते शनिबार विमोचित 'यात्रा' महाकाव्यबाट उद्धृत उपर्युक्त श्लोकले पनि महाकाव्यको घनत्व र गहिराइबारे धेरथोर छनक दिइ नै हाल्छ ।
सामाखुसी साहित्य समाजद्वारा आयोजित १०८औँ रचना वाचन तथा कृति लोकार्पण कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित चन्द्रप्रसाद न्यौपानेले कृतिको शल्यक्रिया गर्दै भने- 'यो १३सर्गीय महाकाव्यमा अठार वटा छन्द प्रयोग गरी २०७० श्लोक समावेश गरिएको छ ।' कृतिको भूमिका लेखक उनले कृतिको खुलेर प्रशंसा पनि गरे । अर्का वक्ता ईश्वरीप्रसाद घिमिरेले महाकाव्यकार हरिप्रसाद घिमिरेको व्यक्तित्व, सङ्घर्षका आयाम तथा सादगीबारे प्रकाश पारे । प्रमुख अतिथि तथा मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष बम बहादुर थापा 'जिताली'ले महाकाव्यकार तथा कृतिबारे सारगर्भित मन्तव्य राखे ।
कार्यक्रममा रत्न विरही घिमिरे, धरणीधर गुरागाईं, घनश्याम प्रसाई,शारदा पराजुली,मेनुका पोखरेल आचार्य, रामचन्द्र न्यौपाने 'वनबासी',जगदीश्वर पोखरेल, राजेन्द्र पोखरेल, वासुदेव ठकुरीलगायत पाँच दर्जन स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमका टिप्पणीकार तथा साहित्यकार परशुराम परासरले वाचित रचनाको सटीक टिप्पणी गरेका थिए । कृतिकार हरिप्रसाद घिमिरेले रचना-गर्भबारे आफ्नो अभिमत जाहेर गरे । सम्पूर्ण आगन्तुक स्रष्टालाई धन्यवाद ज्ञापन गर्दै सभापति भाग्यशाली अधिकारीले द्वैमासिक कार्यक्रमको बिट मारे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij