Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् भन्दै प्रधानन्यायाधिश राणाले वकिललाई झपार्नुसम्म झपारे 

तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् भन्दै प्रधानन्यायाधिश राणाले वकिललाई झपार्नुसम्म झपारे 


  • 12.3K
    Shares

    तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् भन्दै प्रधानन्यायाधिश राणाले वकिललाई झपार्नुसम्म झपारे 

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता शिवकुमार यादवले प्रतिनिधिसभा विघटन संविधानमाथिको प्रहार भएको बताएका छन् । उनको तर्क सनुेपछि न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न गरेकी छन्, "यो सरकाररप्रधानमन्त्री संविधानको धारा ७६ को १ बमोजिम हो कि २  बमोजिम ?"

    यादवले जवाफ दिए, "७६ को २ अनुसारको प्रधानमन्त्री हुन् । किनभने, एउटा दलले सभामुख अर्कोले उपसभामुख लिएका छन् ।"

    यादवसँगै बहस गरेका अधिवक्ता शेरबहादुर ढुंगानाले ठूलो स्वरमा आफ्नो बयान गर्दै इतिहास सुनाउन थालेको भन्दै प्रधानन्यायाधीश राणा जंगिए । ढुंगानालाई रोक्दै राणाले भने, "तपाईं आफ्नो इतिहास नबताउनोस् । बिस्तारै बोल्नोस्, तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् ।"

    बहसकै क्रममा अधिवक्ता हर्कबहादुर रावलले अहिले कुनै शासकले पृथ्वीनारायण शाह, हिटलर वा विन्सटन चर्चिलको पद्धति खोज्न नपाउने बताए । उनले संविधानले तोकेभन्दा बाहिरको सीमामा कोही जान नसक्ने तर्क गरे । 

    "यहाँ आज आएर कुनै शासकले पृथ्वीनारायण, हिटलर वा चर्चिलको पद्धति खोज्न पाउँदैन", उनले भने, "यस्तो पद्धति आजको हाम्रो संविधानले स्वीकार्दैन । हाम्रो पद्धतिले शासकको विशेषाधिकार हेर्दैन । नगरिकका विशेषाधिकार हेर्छ ।"

    विगतका तीतो अनुभवबाट पाठ सिकेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार नदिइएको उनको तर्क छ । 

    यसअघि हिजो अधिवक्ताहरू दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । बहसका क्रममा उनीहरूले संविधान निर्माणका क्रममा संविधानसभामा भएको छलफल र त्यसपछि तयार भएको अवधारणापत्रको कुरा उठाए ।

    आइतबारको सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायी र न्यायाधीशहरूबीच सवाल(जवाफ भएको थियो । निवेदकतर्फका कानुन व्यवसायीहरू सन्तोष भण्डारी, गिरिराज भट्ट, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र सुनील पोखरेलले बहस गरेका थिए । उनीहरूले संसद विघटन पूर्णतः असंवैधानिक कदम भएको तर्क गरेका थिए ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १३:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij