Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

'नेकपा नाम'का विरूद्ध सर्वोच्चमा दायर रिटको सुनुवाइ आज पनि स्थगित

'नेकपा नाम'का विरूद्ध सर्वोच्चमा दायर रिटको सुनुवाइ आज पनि स्थगित


  • 6.0K
    Shares

    'नेकपा नाम'का विरूद्ध सर्वोच्चमा दायर रिटको सुनुवाइ आज पनि स्थगित

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।

    न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा आज पेसी तोकिए पनि सुनुवाइ सुरू नहुँदै सरकारी वकिलले स्थगनको माग गरेपछि सुनुवाइ नै नभएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए ।

    तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त नाममा कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो ।

    नेकपाले आफ्नो नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।

    २०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो । त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको छ ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij