नेपाल शिक्षक महासङ्घ वीरेन्द्रनगर समितिले शिक्षा मन्त्रालयको निर्णय अनुसार हप्तामा दुई दिन बिदा गर्न ध्यान आकर्षण गरेको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले हप्तामा दुई दिन बिदा नगर्न निर्देशन दिएपछि आपत्ति जनाउँदै ध्यान आकर्षण गरेको हो ।
नेपाल शिक्षक महासंघ वीरेन्द्रनगर समितिको जेठ ५ गते बसेको वैठकले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बैशाख २८ गते गरेको निर्णय विरुद्ध हप्तामा दुई दिन बिदा नगर्ने निर्णय गरेको भन्दै वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको ध्यानाकर्षण गराएको छ ।
शाखाले जेठ तिन गते नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुलाई हप्तामा दुई दिन बिदा नगरी साविक बमोजिम कै व्यावस्था कार्यन्वयन गर्न गराउन विद्यालयहरुलाई निर्देशन दिएको थियो ।