Logo

२०७९ आषाढ १३ गते सोमवार

images

दैनिक नयाँ रेकर्ड कायम गर्दै डलरको भाउ

दैनिक नयाँ रेकर्ड कायम गर्दै डलरको भाउ

खबर सेन्टर

५ जेठ २०७९
  • 1.2K
    SHARES
  • images
    दैनिक नयाँ रेकर्ड कायम गर्दै डलरको भाउ
    images

    डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको अमेरिकि डलर बिहीबार पुनः बढेर अर्को रेकर्ड कायम गरेको छ।

    नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो।

    रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

    पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ४४ पैसा खर्च गर्नु पर्ने भएको छ।

    डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ। नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ।

    अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।

    images
    प्रकाशित मिति :जेठ ५ २०७९ बिहिवार - १२:०९:३६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार