२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि भोलि वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने बताएको छ ।
आयोगको गत चैत २९ को निर्णयअनुसार आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिनेछ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij