Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा १० लाख ११ हजारले दिए आवेदन

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा १० लाख ११ हजारले दिए आवेदन


  • 8.8K
    Shares

    इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा १० लाख ११ हजारले दिए आवेदन
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको प्राथमिक शेयरमा हालसम्म १० लाख ११ हजारले १२ करोड २८ लाख ७९ हजार कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणतर्फको ८ करोड कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले मंगलबारसम्म निष्काशन गर्ने भएको छ । 

    बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। 

    बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक सेयर निष्काशन गरेको हो। यसअघि अपर तामाकोशीले सर्वसाधारणका लागि सर्वाधिक प्राथमिक सेयर जारी गरेको थियो। हाल बैंकका संस्थापकहरुको सेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ। 

    अहिलेसम्मको सेयर संचरनाअनुसार नेपाल सरकारको स्वामित्व १६.६७ प्रतिशत रहेको छ। प्राथमिक सेयर निष्काशनपछि नेपाल सरकारको स्वामित्व १० प्रतिशतमा खुम्चिनेछ। बैंकमा नेपाल सरकारको लगानी २ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै हाल वाणिज्य बैंकहरुको सेयर स्वामित्व ३४.८२ प्रतिशत रहेको छ। प्राथमिक सेयर निष्काशनपछि उनीहरुको पनि सेयर स्वामित्व २०।८९ प्रतिशतमा खुम्चिने छ। हाल उनीहरुको लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ। 

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। 

    कतिसम्म दिने आवेदन ?

    पछिल्लो समय बैंकको प्राथमिक सेयरमै आवेदन दिने भन्दै लाखौं लगानीकर्ताले डिम्याट खाता खोलिरहेका छन्। अहिलेसम्म आवेदन दिएको हिसाबले बैंकमा कम्तिमा पनि १४ लाखको आवेदन पर्ने देखिन्छ। अहिलेसम्म आवेदन दिएका लगानीकर्ताको औसत आवेदन १२१ कित्ता हुन आउछ। जसमा एउटैले लाखौं कित्ताका लागि पनि आवेदन दिएका छन्। साथै १०–२० कित्ताका लागि आवेदन दिनेको संख्या पनि लाखौं रहेको छ। 

    १४ लाख जनाले नै आवेदन दिँदा न्युनतम पनि एक जनाको भागमा ५४ कित्ता पर्न आउछ। तर १० देखि ४० कित्ताका लागि मात्रै आवेदन दिनेको संख्या धेरै भएमा अधिकतम ७० देखि ८० कित्तासम्म पर्न सक्ने देखिन्छ। त्यसैले अहिलेको अवस्थामा अधिकतम ८० कित्तासम्मका लागि आवेदन दिनु बुद्धिमता हुन्छ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - ११:२५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij