Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


  • 11.4K
    Shares

    • images
    बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
    images

    बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ ।

    आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्ला स्रोतले बताएको छ । रासस

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १०:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij