Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

विघटनविरूद्ध बहस गर्न इजलास छिरेका वकिलले न्यायाधिशलाई भाग्यमानी भन्दै फुर्क्याएपछि...

विघटनविरूद्ध बहस गर्न इजलास छिरेका वकिलले न्यायाधिशलाई भाग्यमानी भन्दै फुर्क्याएपछि...


  • 10.0K
    Shares

    विघटनविरूद्ध बहस गर्न इजलास छिरेका वकिलले न्यायाधिशलाई भाग्यमानी भन्दै फुर्क्याएपछि...

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दाको सुनुवाइका क्रममा निवेदकतर्फबाट बहस गरेका अधिवक्ता सुनिल पोखरेलले संवैधानिक इजलासकी न्यायाधीश सपना मल्ललाई भाग्यमानी भनेका छन् ।

    पोखरेलले भने, "संसारमा थोरै मान्छे भाग्यमानी हुन्छन् । त्यस्तै भाग्यमानी श्रीमान् सपना प्रधान मल्ल हुनुहुन्छ । किनभने उहाँ संविधान निर्माणमा सामेल हुनुभयो । आज संविधानको आयु बढाउने र व्याख्या गर्ने ठाउँमा हुनुहुन्छ । यो ठूलो सौभाग्य हो ।"

    संविधान बनाउने व्यक्ति नै त्यसको व्याख्या गर्ने ठाउँमा पुगेको भन्दै उनले न्यायाधीश मल्लप्रति कटाक्ष गरेका हुन् ।

    उनले अगाडि भने, "संसद्को इच्छाबाहेक अरु कसैले विघटन गर्न सक्दैन । राष्ट्रपति र प्रधानमन्त्रीले पनि सक्दैनन् । किनभने, संविधानले संसद्लाई पाँच वटा विकल्प दिएको छ । ती विकल्पमध्ये कुनैबाट पनि सरकार बनाउन सकिनौँ भने तिमी मर्छौ भन्या छ ।"

    पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्रीलाई असहयोग गरे भनेर संसद विघटन नहुने तर्क उनले गरे । "संसद्लेचाहिँ २ वर्षसम्म प्रधानमन्त्री चलाउन नपाउने रे अनि प्रधानमन्त्रीलेचाहिँ १७ मिनेटमा संसद् विघटन गर्ने, यस्तो कसरी हुन्छ रु हाम्रो संविधानले यस्तो कमजोर संसद् कल्पना गरेकै छैन," उनको तर्क छ ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १६:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij