Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रधानन्यायाधिशले कड्किएर प्रश्न गरेपछि भीमार्जुनले काल्पनिक कुरा भन्दै फर्काए यस्तो धारिलो जवाफ 

प्रधानन्यायाधिशले कड्किएर प्रश्न गरेपछि भीमार्जुनले काल्पनिक कुरा भन्दै फर्काए यस्तो धारिलो जवाफ 


  • 21.3K
    Shares

    प्रधानन्यायाधिशले कड्किएर प्रश्न गरेपछि भीमार्जुनले काल्पनिक कुरा भन्दै फर्काए यस्तो धारिलो जवाफ 

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संविधानको धारा ७६ अनुसारको प्रक्रियामा गएर अर्को सरकार बन्न नसक्ने अवस्थामा विघटन गर्न सक्दैन र भन्ने प्रश्न गरेका छन् ।

    आइतबार सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्याधीश राणाले यस्तो प्रश्न गरेपछि संविधानविद् एवं अधिवक्ता भीमार्जुन आचार्यले यसलाई काल्पनिक कुरामात्र भएको प्रत्युत्तर दिएका छन् । 

    अदालतले यस्तो विषयको कल्पनासम्म गर्न नसक्ने भन्दै अधिवक्ता आचार्यले भने‚ ‘यो काल्पनिक कुरा हो। अदालतले यो कल्पना गर्न मिल्दैन। संविधानमा लेखेका प्रक्रिया पूरा गरेर मात्र विघटनमा जाने हो । १ देखि सातसम्मका प्रक्रिया पुरा हुनु त पर्‍यो नि ।’

    संसदले अन्तिम अवसरसम्म आफ्नो काम गर्नुपर्ने भन्दै आचार्यले भने‚ ‘अन्तिम अवसरसम्म संसदले आफ्नो काम गर्नुपर्‍यो । संविधानको धारा ७६ ले सिधै विघटन गर्न दिँदैन। यो धाराको सबै प्रक्रिया पुरा गरेर संसदमा गएपछि मात्र हुने कुरा हो ।’

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १४:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij