Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या


  • 6.3K
    Shares

    राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या
    images

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचक २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए। 

    गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो । मृतकको सुरूमा पहिचान खुलेको थिएन । 

    अनुसन्धानको क्रममा सोही ठाउँका विभागमा कार्यरत प्रवीण थापा भन्ने खुलेको डिएसपी खड्काले बताए । खड्काका अनुसार प्रवीणको शव उनको घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो । 

    मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

     

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १२:४१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij