२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपालमा कोभिड १९ को खोप ल्याउन थप दुई कम्पनीले दर्ता अनुमतिका लागि आवेदन दिएका छन् । भारतको बायेटेक र चीनको सिनोर्फामले नेपालमा खोप ल्याउन आवेदन दिएका हुन् ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापका सन्तोष केसीका अनुसार यी दुवै कम्पनीले आवेदन दिए पनि कागजात नपुगेका कारण अनुमति दिने प्रक्रिया भने अघि बढेको छैन ।
विभागले बुधबार सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो । नेपालमा शुक्रबार भारतको शेरम इन्स्टिच्युटको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij