२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । बिहीवार छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधवार छापावाल सुन प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij