२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज केही समय बिजुली काटिने भएको छ । शनिबार काठमाडौंको महाराजगञ्ज, बूढानीलकण्ठ सबस्टेशन, तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला संघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जान लागेको हो । सो फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक लगायतका सम्पूर्ण क्षेत्रमा केही घन्टा विद्युत अवरुद्ध हुनेछ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज बिहान ७ बजेदेखि ८ बजेसम्म बत्ती जाने गएको छ । यस्तै, पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरिया लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij