२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छन् ।
गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका प्रतिष्ठाले साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट राजीनामा दिएकी हुन् ।
राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
केही दिनअघि कमल थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए । पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij