Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बगुवामा यसरी जुधाईयो दश हल गोरु

बगुवामा यसरी जुधाईयो दश हल गोरु


  • 8.1K
    Shares

    बगुवामा यसरी जुधाईयो दश हल गोरु
    images

    गोरखा । माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् ।

    बिहीबार दिनभर दस हल गोरुको घम्साघम्सी हेर्न यहाँ स्थानीयको भीड लागेको थियो । गोरु जुधाउन यहाँका स्थानीयले आफ्नै नियम बसाले । दुई मिनेटभन्दा माथि जुधेर विजेता हुनेलाई पाँच हजार र उपविजेतालाई तीन हजार पुरस्कारको व्यवस्था गरेको स्थानीय रविन सिम्खडाले बताए ।

    ४४ मिनेट ३७ सेकेन्ड जुधेर स्थानीय किसान प्रदिप गुरुङको गोरु उत्कृष्ट भयो । गुरुङको गोरु र प्रदिप परियारको गोरुबीच प्रतिस्पर्धा गराइएको थियो । लोकबहादुर बराम र राजेश सेन्चुरीको गोरुबीच ३० मिनेट ११ सेकेन्ड घम्साघम्सी भएको सिम्खडाले बताए ।

    ‘१० जोडी गोरु जुधाइएको हो, दुई मिनेटभन्दा कम जुध्ने गोरुलाई सान्त्वना स्वरुप दुई हजार पुरस्कारको व्यवस्था गरिएको थियो, दुई मिनेटभन्दा वढी जुध्ने विजेता र उपविजेतालाई पाँच हजार र तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने । दुई मिनेटभन्दा कम जुध्ने चार गोरुलाई सान्त्वना स्वरुप दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

     

     

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १३:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij