Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइने, खानेपानी मन्त्री चौधरीले उद्घाटन गर्ने

आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइने, खानेपानी मन्त्री चौधरीले उद्घाटन गर्ने


  • 4.9K
    Shares

    आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइने, खानेपानी मन्त्री चौधरीले उद्घाटन गर्ने

    मेलम्चीको पानी आज मंगलबारदेखि सुरुङमा पथान्तरण गरिने भएको छ। मेलम्ची खानेपानी विकास समितिले मंगलबारदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ। समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए। 

    केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए। मंगलबार अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए। 

    गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो। इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ।

    प्रकाशित मिति :चैत्र २९ २०७८ मंगलवार - ०५:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij