२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एक महिनामा मोबाइल ब्रोडब्याण्ड फोरजीको प्रयोगकर्ता संख्या ६ लाखले बढेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्ट अनुसार गत असोजसम्म ५७ लाख ७२ हजार ५८७ फोरजी प्रयोगकर्ता कार्तिकमा ६३ लाख ३२ हजार १९४ पुगेको छ ।
यो अवधिमा नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या दुई लाखले बढेर २० लाख ४९ हजार ९१६ पुगेको छ भने एनसेलका फोरजी प्रयोगकर्ता करिब चार लाखले बढेको छ ।
रिपोर्टअनुसार एनसेलका ४० लाख ८२ हजार ५१७ फोरजी प्रयोगकर्ता रहेका छन् । त्यस्तै स्मार्ट सेलका फोरजी ग्राहक झण्डै २ लाखको हारहारीमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij