२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    अमेरिकी इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश हुने भएकी छन् । अमेरिकाको सिनेटले बिहीबार केतनजी ब्राउन ज्याक्सनलाई राष्ट्रको सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधीशको रूपमा अनुमोदन गरेको हो ।
ज्याक्सनले ८३ वर्षीय जस्टिस स्टीफन ब्रेयरको स्थान लिनेछन् । सिनेटमा न्यायाधीश ज्याक्सनको पक्षमा ५३ मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो ।
ज्याक्सन अनुमोदन भएपछि उनीसँग बाइडेनले सेल्फी खिचेका थिए। सामाजिक सञ्जाल ट्विटरमा बाइडेनले लेखेका छन्- न्यायाधीश ज्याक्सनको अनुमोदन हाम्रो राष्ट्रका लागि एउटा ऐतिहासिक क्षण थियो।
अमेरिकाको विविधता हाम्रो सर्वोच्च अदालतमा झल्काउन हामीले अर्को कदम चालेका छौं। उनी एक अदभूत न्यायाधीश बन्नेछिन, यो क्षणमा उनीसँगै हुन पाउँदा गौरव महशुस भएको छ।
सन् १७८९ मा स्थापना भएको अमेरिकी सर्वोच्च अदालतमा अहिलेसम्म अश्वेत महिला न्यायाधीश भएका थिएनन्। अहिलेसम्म दुई जना अश्वेत पुरूष न्यायाधीश भएका छन् भने तीमध्ये एक जना अहिले पनि पदमा बहाल छन्।
ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीश हुने छैठौं महिला हुन्। यसअघि पाँच जना श्वेत महिला सर्वोच्चका न्यायाधीश भएका थिए।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij