Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

अमेरिकी सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

अमेरिकी सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश


  • 4.0K
    Shares

    अमेरिकी सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

    अमेरिकी इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश हुने भएकी छन् । अमेरिकाको सिनेटले बिहीबार केतनजी ब्राउन ज्याक्सनलाई राष्ट्रको सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधीशको रूपमा अनुमोदन गरेको हो ।

    ज्याक्सनले ८३ वर्षीय जस्टिस स्टीफन ब्रेयरको स्थान लिनेछन् । सिनेटमा न्यायाधीश ज्याक्सनको पक्षमा ५३ मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो ।

    ज्याक्सन अनुमोदन भएपछि उनीसँग बाइडेनले सेल्फी खिचेका थिए। सामाजिक सञ्जाल ट्विटरमा बाइडेनले लेखेका छन्- न्यायाधीश ज्याक्सनको अनुमोदन हाम्रो राष्ट्रका लागि एउटा ऐतिहासिक क्षण थियो।

    अमेरिकाको विविधता हाम्रो सर्वोच्च अदालतमा झल्काउन हामीले अर्को कदम चालेका छौं। उनी एक अदभूत न्यायाधीश बन्नेछिन, यो क्षणमा उनीसँगै हुन पाउँदा गौरव महशुस भएको छ।

    सन् १७८९ मा स्थापना भएको अमेरिकी सर्वोच्च अदालतमा अहिलेसम्म अश्वेत महिला न्यायाधीश भएका थिएनन्। अहिलेसम्म दुई जना अश्वेत पुरूष न्यायाधीश भएका छन् भने तीमध्ये एक जना अहिले पनि पदमा बहाल छन्।

    ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीश हुने छैठौं महिला हुन्। यसअघि पाँच जना श्वेत महिला सर्वोच्चका न्यायाधीश भएका थिए।

    प्रकाशित मिति :चैत्र २५ २०७८ शुक्रवार - ११:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij