२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । उच्च गुणस्तर सुलभ मूल्य अनि मनोरम वाताबरणमा रमाउदै बर्गर पारखीले अब आफुले चाहेकै स्वादमा बर्गर खान सहज हुने गरि राजधानीमा भब्य बर्गर हब संचालनमा आएको छ। वर्गर पारखीलाई लक्षित गर्दै काठमाडौँको जडीबुटीमा करिब तीन करोडको लगानीमा वर्गर हब रेस्टुरेन्ट सन्चालनमा आएको हो।
माघे संक्रान्तिको अवसर पारेर बिहिबार बाट रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । वर्गर हबका सञ्चालक तथा अध्यक्ष रक्तिम किरणले काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानीय तथा मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएको बताए ।
रेष्टुरेन्टमा विषेश परिकारको रुसमा वर्गरलाई ‘फोकस’ गरी सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देशयले लगानी गरिएको उनले बताए । वर्गर हब एकै पटक धेरै जनालाई सेवा दिन सक्ने काठमाडौँ उपत्यकाकै ठूलो र पहिलो रेष्टुरेन्ट भएको सञ्चालक किरणले दाबी गरे ।
सो रेष्टुरेन्टमा एकै समयमा ३०० जनाले सेवा लिन सक्नेछन् । रेष्टुरेन्टमा सयौँ प्रकारका खानाका परिकार पाउन सकिने उनले बताए । उपभोक्ताले विश्वमै चर्चित वास्किना रविन्सो आइसक्रिम केक र कफि लगायत नयाँनयाँ ब्रान्डका भेज तथा ननभेज परिकारको स्वाद आफ्नो रेष्टुरेन्टबाट लिन सक्ने उनको भनाइ छ ।
रेष्टुरेन्टमा लाइभ म्युजिकका साथमा विभिन्न परिकारका स्वाद लिन सकिनेछ । स्थानीय स्वादमा स्थानीय खानाका परिकार तथा अर्गानिक खानेकुरा सुलभ मूल्यमा पाइने संचालक किरणले बताए । बर्गर पारखीले उक्त हबलाई रोज्न थालिसकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij