Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल बार एशोसिएशनको मतगणना सुरु

नेपाल बार एशोसिएशनको मतगणना सुरु


  • 7.9K
    Shares

    • images
    नेपाल बार एशोसिएशनको मतगणना सुरु

    नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने भनिता पनि व्यवस्थापन मिलाउँदा थप एक घण्टा समय लागेको छ ।

    बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौँ केन्द्रमा आइपुगेको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाताले मतदान गरेका थिए ।

    त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पाठकले जानकारी दिनुभयो । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ ।

    उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।

    बारमा अध्यक्षका लागि व्यतिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दलसम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गर्नुभएको छ । नेमतिपा कानून अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गर्नुभएको छ ।

    व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिनुभएको छ । संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दलसम्बद्ध समूहबाट अमितालक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गर्नुभएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०७८ मंगलवार - ११:४३:२४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij