२०८२ फाल्गुण २२ गते शुक्रवार
चीनमा आइतबार एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित थपिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार चीनभरि १३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।
सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्। चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।
यसैबीच केही दिनयता लकडाउन गरिएको चीनको व्यापारिक केन्द्र सांघाईमा संक्रमित बुवाआमा र बच्चाहरूलाई छुट्याएर राखेर चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा एउटा अस्पतालमा धेरै बच्चाहरू राखिएको भिडिओ भाइरल भइरहको छ।
सांघाईका अधिकारीहरूले कोरोना संक्रमण पुष्टि भएपछि अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम लागू गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij