२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    अमेरिकाका राष्ट्रपति जो बाइडनले डिन थोम्प्सनलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । उनले बहालवाला राजदूत र्यान्डी बेरीको स्थान लिनेछन् ।
ह्वाइट हाउसले मंगलवार जारी गरेको विज्ञप्तिमा थोम्प्सनलाई राजदूत नियुक्त गरेको उल्लेख छ । उनलाई एम्बास्डर एक्स्ट्राअर्डिनेरी यान्ड प्लेनिपोटेन्सिएरी टु नेपालमा मनोनित गरिएको हो ।
थोम्प्सन करीयर डिप्लोम्याट हुन् । उनी अहिले अमेरिकाको परराष्ट् मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेके्रटरी फर साउथ यान्ड सेन्ट्रल एसियन अफेयर्स हुन्। सन् २०२० देखि २०२१ सम्म उनी कार्यवाहक असिस्टेन्ट सेक्रेटरी थिए ।
थोम्प्सनले दक्षिण एसियामा रहेर काम गरिसकेका छन् । उनी भारतको कोलकातामा अमेरिकी वाणिज्य दूतावासमा कन्सुल जनरल थिए । उनले श्रीलंका र बंगलादेशमा पनि काम गरिसकेका छन् ।
थोम्प्सन सुरक्षा मामिलाका विज्ञ मानिन्छन् । उनले अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीमा नेसनल सिक्योरिटी स्ट्राटेजीमा स्नातकोत्तर गरेका छन् ।
अमेरिकाले हिन्द प्रशान्त रणनीतिलाई आक्रामक रूपमा अघि बढाइरहेको बेलामा सुरक्षा मामिलाविज्ञलाई नेपालको राजदूत नियुक्त गरिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
नेपालस्थित अमेरिकी नियोगमा काम नगरेपनि उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ।
अमेरिकी बिदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए।
थम्पसन २५ बर्षयता अमेरिकी बिदेश सेवामा कार्यरत छन्, जो पछिल्लोपटक अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुख थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरे।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij