Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने क्रम जारी

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने क्रम जारी


  • 4.1K
    Shares

    अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने क्रम जारी
    images

    काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने क्रम जारी छ । सीपीसी पाइपलाइनमार्फत हुने रुस र काजकस्तानको कच्चा तेलको निर्यातमा अवरोध देखिएपछि तेल बजारले बुधवार टेवा पाएको हो । 

    उक्त दिनको कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल साढे ४ प्रतिशत (५ डलर १६ सेन्ट)ले बढेर १२० डलर ६४ सेन्टसम्म उक्लिएको थियो । 

    अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ४ दशमलव ४ प्रतिशत (४ डलर ८३ सेन्ट) ले बढेर ११४ डलर १ सेन्टमा उक्लिएको थियो । 

    विश्वको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता रुसमाथि थप प्रतिबन्ध लाग्ने सम्भावनाबीच बजारमा तीव्र उतारचढाव आइरहेको छ । बिहीवार ब्रसेल्समा यूरोपेली देशका नेताहरुसँगको भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि थप प्रतिबन्धहरु घोषणा गर्दैछन् । 

    रुसको कच्चा तेल र तेल उत्पादनमा बन्देज लगाउने विषयमा यूरोपेली संघका सदस्य राष्ट्रहरु विभाजित छन् । तेलको भाउ यो गर्मीयाममा प्रतिब्यारेल १५० डलर सम्म पुग्न सक्ने अनुमान त्राफिगुराका बेन लककले बताएको भन्दै फाइनान्सियल टाइम्सले समाचार छापेको छ । भाउ २०० डलरमाथि उक्लिन सक्ने सम्भावनातर्फ पनि लककले औंल्याएका छन् । 

    रुसले मंगलवार क्याप्यिन पाइपलाइन कन्सोर्टियम (सीपीसी) मार्फत हुने तेल निर्यात घट्ने चेतावनी दिएपछि तेल बजारमा उकालो लाग्न थालेको हो । 

    बुधवार पाइपलाइन मर्मतका लागि सीपीसीको निर्यात पूर्ण रुपमा ठप्प भएको थियो । मर्मत सम्पन्न हुन कम्तिमा पनि डेढ महीना लाग्न सक्ने बताइएको छ । 

    विश्वको दोस्रो ठूलो इन्धन खपतकर्ता अमेरिकामा कच्चा तेलको सञ्चितिमा आइरहेको कमीले पनि तेलको भाउलाई हालैका दिनमा टेवा दिइरहेको छ । 

    अमेरिकी पेट्रोलियम इन्ष्टिच्यूटले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च १८ मा सकिएको हप्तामा अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले घटेको देखाएको छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र १० २०७८ बिहिवार - ११:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij