Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे सबै स्थानीय तहलाई केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचीसहित)

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे सबै स्थानीय तहलाई केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचीसहित)


  • 8.9K
    Shares

    • images
    इसीडी शिक्षक र विद्यालय कर्मचारीको  तलबबारे सबै स्थानीय तहलाई केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचीसहित)

    चालु आर्थिक वर्षमा यस बर्ष वृद्धि भएको तलव प्रदान गर्न विनियोजित बजेटले नपुग्ने स्थानीय तहले चैत्र १५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गर्न केन्द्रले पत्राचार गरेको छ ।

    संघीय सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने १३२ वटा स्थानीय तहको सूची सार्वजनिक गरेको छ । सो शाखाले आइतबार सूची सार्वजनिक गरेको हो । 

    नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट घोषणामा बालविकास र विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजार रूपैयाँ पुर्याउने उल्लेख गरेको थियो । जसमा संघीय सरकारले ८ हजार र स्थानीय तहले ७ हजार उपलब्ध गराउने भनिएको छ । 

    कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८–०७९ को अनुसूची १ को ढाँचा अनुसार शिक्षक तलव र बालविकास–विद्यालय कर्मचारी अनुदान शीर्षकमा छुट्छुट्टै विवरण तयार गरी पठाउन निर्देशन दिएको हो । केन्द्रले आज एक सूचना जारी गरी सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएको छ ।

    स्थानीय तहले सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइमा र इकाइले स्वीकृत दरवन्दी र बजेट हिसाव रूजु नपुग बजेटको जिल्लागत एकीकृत विवरण केन्द्रमा पठाउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

    आज प्रकाशित सूचना अनुसार यस अगाडि पेश गरिसकेका स्थानीय तहबाट तलव–अनुदान हिसाव गर्दा चालु आवमा बृद्धि भएको बजेट हिसाव नभएको भए सो अनुसार हिसाव गरी पुनः पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

    सूचीसहित:

    प्रकाशित मिति :चैत्र ७ २०७८ सोमवार - १२:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij