Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

जापानका प्रधानमन्त्री फुमिओ किशिदाआगामी शनिबार भारत आउँदै

जापानका प्रधानमन्त्री फुमिओ किशिदाआगामी शनिबार भारत आउँदै


  • 4.4K
    Shares

    जापानका प्रधानमन्त्री फुमिओ किशिदाआगामी शनिबार भारत आउँदै
    images

    नयाँ दिल्ली । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् । 

    दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले १४औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ । 

    साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिइएको हो ।  उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका हुन् ।

    हरेक वर्ष आयोजना गरिने भारत—जापान बार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको बार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो । अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए ।

    भारत र जापानबीच बहुपक्षीय सम्बन्ध र सहकार्य हुँदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।   

    प्रकाशित मिति :चैत्र ५ २०७८ शनिवार - ११:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij