Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्तो छ आज सार्वजनिक हुन लागेको प्रोटोनको मूल्य र विशेषता

यस्तो छ आज सार्वजनिक हुन लागेको प्रोटोनको मूल्य र विशेषता


  • 10.3K
    Shares

    यस्तो छ आज सार्वजनिक हुन लागेको प्रोटोनको मूल्य र विशेषता

    काठमाडौं । यस अघि टिभिएस मोटरसाइकल मार्फत ख्याती कमाएको शंकर ग्रुप अन्तरर्गतको जगदम्बा मोटर्सले आज मलेसियन गाडी ब्राण्ड प्रोटोन औपचारिक रुपमा नेपाल भित्राउँदै छ ।

    कम्पनीले बुधबार साँझ ५ बजे प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण ब्राण्ड लन्च गर्न लागेको हो । संसारका ७० भन्दा धेरै देशमा उपलब्ध यो ब्राण्डको ४.४ मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दावी छ ।

    जगदम्बा मोटर्सले पहिलो चरणमा साँगा स्ट्याडर्ड एमटी र सागा प्रिमियम एटी बजारमा ल्याउन लागेको हो । यो गाडीको १२९९ सिसीको इन्जिन ५ हजार ७ सय ५० आरपिएममा ९१ पिएस पावर र ४ हजार आरपिएममा १ सय १७ एनएम टर्क जेनेरेट गर्छ ।

    यसमा स्मार्ट फोन कनेक्टिभिटी, एयर कन्डिसनिङ र हिटर, पावर विन्डो लगायतका फिचर्स छन् । सुरक्षाको लागि यसमा एयर ब्याग, एबिएस, हिल असिस्ट, रेयर पार्किङ सेन्सर, रेयर पार्किङ क्यामरा, एन्टी थिप अर्लाम, ब्रेक असिस्ट लगायतका फिचर्स दिइएको छ ।

    यसमा ४२० लिटरको बुट स्पेस लिइएको छ । कम्पनीले सागा स्ट्याडर्ड एमटीको ३५ लाख ५० हजार र सागा प्रिमियम एटीको ३९ लाख ५० हजार निर्धारण गरेको छ ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १४:३०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij