Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

आगामी आर्थिक वर्ष २०७९/८०: यस्ता छन् अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका ११ सुझाव

आगामी आर्थिक वर्ष २०७९/८०: यस्ता छन् अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका ११ सुझाव


  • 6.4K
    Shares

    आगामी आर्थिक वर्ष २०७९/८०: यस्ता छन् अर्थमन्त्रीलाई दुग्ध व्यवसायीका ११ सुझाव
    images

    आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट छलफल थालेको अर्थ मन्त्रालयलाई दुग्ध व्यवसायीहरूले ११ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र मन्त्रालयका अधिकारीहरूलाई नेपाल डेरी एशोसिएसनले दुग्ध क्षेत्र विकास निम्ति विभिन्न सुझाव दिएको हो ।

    केही वर्ष अघिसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको दुग्ध तथा दुग्धजन्य पदार्थ आयात हुने गरेकोमा डेरी उद्योगमा निजी क्षेत्रले लगानी बढाएपछि आयात करिब १ अर्ब रुपैयाँमै खुम्चिएको व्यवसायीले दाबी गरेका छन् । तर, भुकम्प र कोरोना महामारीका कारण दुध उत्पादन घटिरहेको उनीहरूले जानकारी गराएका छन् ।

    दुध उत्पादन बढाउनका लागि अब लागत घटाउनुपर्ने, दुग्ध क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय दुग्ध विकास बोर्ड र पशु सेवा विकासलाई क्रियाशील बनाउन बजेट छुट्याउन व्यवसायीहरूले सुझाव दिएका छन् । यामअनुसार दुध उत्पादनमा विविधता (कात्तिकदेखि फागुनसम्म बढी र चैतदेखि आश्विनसम्म दुध अपुग)  हुने गर्छ । बढी भएको दुधलाई धुलो बनाएर र लामो समयसम्म उपभोग गर्न मिल्ने दुग्धपदार्थ बनाएर राख्ने तथा दुध कम भएको बेला प्रयोग गर्ने गरिएको व्यवसायीहरूको भनाइ छ ।

    यस्ता छन् व्यवसायीका ११ सुझाव :

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १२:०३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij