Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चैत लागे सँगै घट्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चैत लागे सँगै घट्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.0K
    Shares

    • images
    चैत लागे सँगै घट्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।

    आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ  थियो ।

    अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

    उहाँकाअनुसार अहिलेको बजार भाउलाई हेर्दा सुनको भाउ फेरि केही घट्ने देखिएको छ । गएको बुधबार सुनको भाउ अहिलेसम्म कै उच्च एक  लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - ११:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij