Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.4K
    Shares

    • images
    ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । आज विहीबार सुनको मूल्य घटेको छ । हिजो बुधबार अहिले सम्मकै उच्च भएको सुनको मूल्य आज घटेको हो । 

    हिजो बुधबार प्रतितोला एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार प्रतितोला ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १०:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij