Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?


  • 4.3K
    Shares

    • images
    सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
    images

    काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यवृद्धि अहिले सम्मकै उच्च भएको छ । हिजो मंगलबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । सोपश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो ।

    पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ । डलरको भाउ महँगो हुँदा समेत सुनको भाग महँगिदै गएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  

     

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - ११:५२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij