Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


  • 4.0K
    Shares

    • images
    ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
    images

    काठमाडौँ । आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १४१५ रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - ११:१६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij