Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?


  • 3.9K
    Shares

    • images
    ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?
    images

    काठमाडौं । सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ ।

    सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

    आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । 

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - ११:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij