२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । बुधबार सुनको मूल्य तोलमा १९ सय रुपैयाँले बढेको छ। एकै दिन उच्च रुपमा बढेको सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँनजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुन आज ९९ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।
यसका साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ। हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij