Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विद्युतीय एमजी जेडएस इभीको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषताहरु

विद्युतीय एमजी जेडएस इभीको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषताहरु


  • 3.8K
    Shares

    • images
    विद्युतीय एमजी जेडएस इभीको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषताहरु
    images

    काठमाडौं ।  एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको जेडएस इभी सर्वाधिक बिक्री भएपछि नयाँ मोडलको एमजी नेपालमा ल्याउन लागेको छ ।

    मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल नेपालमा आइतबार सार्वजनिक गर्न लागेको छ । आईतबार गाडीको मोडल सार्वजनिक गरेपछि बुकिङ खुल्ला गर्ने कम्पनीले तयारी गरेको छ । कम्पनीले आईतबार दुई भेरियन्ट सार्वजनिक गर्न लागेको हो ।

    नेपालमा सर्वाधिक बिक्री भएको जेडएस गाडीको तुलनामा नयाँ फेसलिप्टमा धेरै फरक रहेको छ । यसअघिको जेडएसमा ४४.५ किलोवाट आवरको ब्याट्री रहेकोमा नयाँ भेरियन्टमा ५१.१ किलोवाट र ७२.६ किलोबाट गरी दुई ब्याट्री रहेको छ ।

    ब्याट्रीको साइज बढाइएका कारण यसले दिने रेन्ज बढ्ने मूल्य बढ्ने कम्पनीले जनाएको छ । कम्पनीले जेडएस मोडलको गाडीलाई ५१ लाख रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १५:५३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij