Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

५८.९९ अंकले घट्यो सेयर बजार, बुधबारकाे तुलनामा काराेबार रकममा वृद्धि

५८.९९ अंकले घट्यो सेयर बजार, बुधबारकाे तुलनामा काराेबार रकममा वृद्धि


  • 3.2K
    Shares

    ५८.९९ अंकले घट्यो सेयर बजार, बुधबारकाे तुलनामा काराेबार रकममा वृद्धि
    images

    काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेकाे छ । बिहीबार नेप्से परिसूचक ५८.९९ अंक घटेको हो । नेप्से ५८.९९ अंकले घटेर २६६१.२४ अंक कायम भएकाे हाे ।

    कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो ।

    बिहीबार १५८ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने बढेको छ । जसमा सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । यस्तैगरी, युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १५:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij