Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

विराटनगरका दुई क्यासिनोमा छापा, महाप्रबन्धक र व्यवस्थापकसहित २० नेपाली पक्राउ

विराटनगरका दुई क्यासिनोमा छापा, महाप्रबन्धक र व्यवस्थापकसहित २० नेपाली पक्राउ


  • 925
    Shares

    विराटनगरका दुई क्यासिनोमा छापा, महाप्रबन्धक र व्यवस्थापकसहित २० नेपाली  पक्राउ

    काठमाडौं । नेपाली नागरिकलाई क्यासिनोभित्र छिराएर जुवा खेलाउने विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले ‘मिडनाइट अपरेसन’ चलाएको छ। आइतबार मध्यरातमा गरिएको विशेष छापाका क्रममा दुई क्यासिनोका उच्च पदस्थ कर्मचारीसहित २० जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको प्रत्यक्ष कमाण्डमा खटिएको टोलीले विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारेको थियो।

    प्रहरीका अनुसार उक्त कारबाहीमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक  रामकृष्ण गौतम पक्राउ परेका छन्। यस्तै, प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी २० जना नेपाली जुवाडेलाई नियन्त्रणमा लिएको छ। नेपालको कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ।

    पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। प्रहरीले उनीहरू विरुद्ध आजै जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १०:४१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij