Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


  • 3.8K
    Shares

    • images
    ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।

    जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    २४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - ११:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij