Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही, १०० पुर्णाङ्कको पाठ्यक्रममा ५० पुर्णाङ्कको पेपर

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही, १०० पुर्णाङ्कको पाठ्यक्रममा ५० पुर्णाङ्कको पेपर


  • 3.9K
    Shares

    त्रिविको  प्रश्नपत्र निर्माणमा चरम लापरबाही, १०० पुर्णाङ्कको पाठ्यक्रममा ५० पुर्णाङ्कको पेपर
    images

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्ने र त्यसलाई अन्तिम रूप दिने शिक्षक प्राध्यापकहरुले ध्यान नदिँदा १०० पुर्णाङ्कको पाठ्यक्रममा ५० पुर्णाङ्ककि मात्रै प्रश्नपत्र बनेको हो।

    बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी (LLB) प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको पाठ्यक्रमअनुसार यो विषयको परिक्षा १०० पुर्णाङ्कमा र समय तीन घण्टा दिनुपर्ने तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क र समय पनि डेढ घण्टा मात्रै लेखिएको छ ।

    प्रश्नपत्रमा सातवटा प्रश्न सोधिएको छ तर तीनवटा मात्रै हल गर्न भनिएको छ । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क तोकिएको छैन ।प्रश्नपत्रमा समस्या देखेपछि प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस केन्द्रबाट परीक्षा दिएका परीक्षार्थीहरूले विरोध गरेका थिए ।

    क्याम्पसका एक प्राध्यापकका अनुसार केही परीक्षार्थीले प्रश्नपत्र च्यात्दै अरूलाई पनि परीक्षा नदिन हौस्याएका थिए । तर तत्काल क्याम्पस प्रशासनले त्यसो नगर्न अनुरोध गर्दै यसबारे परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराएको थियो ।

    पनिकाले पनि तत्कालै परीक्षा स्थगित गर्नुको सट्टा प्रश्नपत्रमा सोधिएका सातवटामध्ये पाँचवटा प्रश्नको समाधान गर्न लगाउने र परीक्षार्थीले चाहेको अवस्थामा तीन घण्टा नै समय उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई निर्देशन दिएको थियो । (गोरखापत्र दैनिकबाट)

    1645423124-cUkKi.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १४:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij