Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

टाटाले नेपाली बाजारमा दोस्रो विद्युतीय गाडी भित्र्यायो, कति पर्छ मूल्य ?

टाटाले नेपाली बाजारमा दोस्रो विद्युतीय गाडी भित्र्यायो, कति पर्छ मूल्य ?


  • 5.2K
    Shares

    • images
    टाटाले नेपाली बाजारमा दोस्रो विद्युतीय गाडी भित्र्यायो, कति पर्छ मूल्य ?
    images

     नेपालमा टाटाले दोस्रो विद्युतीय गाडी भित्र्याएको छ । नेक्सन ईभीले बजारमा सफलता पाएसँगै टाटाले दोस्रो विद्युतीय गाडी सार्वजनिक गर्ने भएको हो ।

    लोकप्रिय र सर्वाधिक रुचाइएको गाडी, टाटाको दोस्रो विद्युतीय गाडी टिगोर एक्सजेट नेपाल आएको छ । नेपाली बजारमा टाटाले ल्याउन लागेको टिगोर ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । 

    टिगोर ईभी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आईपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी ९५५ किलोवाट० पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

    २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ। यसलाई १५ एएमपी प्लगबाट चार्ज गर्दा ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशत चार्ज हुन्छ। गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । 

    एक पटकको चार्जमा ३ सय भन्दा बढी किलोमिटर कुद्ने कम्पनीको दाबी छ । सिप्रदीले छिट्टै टिगोर सार्वजनिक गर्ने तयारी गरे पनि सप्लाईमा समस्या हुने देखिएको उल्लेख गरेको छ ।

    गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । गाडीमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ ।

    यस अघि टाटाले भित्र्याएको नेक्सन इभिको मूल्य ३९ लाख तोकिएको छ । टाटा टिगोर इभीको मूल्य नेपाली बजारमा क्रमशः एक्स ई मोडेलको मूल्य २९ लाख ९९ हजार, एक्स एमको ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ सिप्रदीले तोकेको छ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १६:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij