Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

साताको पहिलो दिन ३९ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?

साताको पहिलो दिन ३९ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?


  • 4.3K
    Shares

    साताको पहिलो दिन ३९ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?
    images

    साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको छ । नेप्से १.४४ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा झरेको छ । 

    कारोबारमा आएका कूल २३० वटा कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

    यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको ५८ करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । 

    आइतबार युनाइटेड ईदी मार्दी र आरबी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५९ रुपैयाँ पुगेको छ ।

    आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ४.७४ प्रतिशतले घटेर ५ सय २१ रूपैयाँमा झरेको छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १५:४८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij