Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

साउदीमा यस वर्ष ३४७ जनालाई मृत्युदण्ड

साउदीमा यस वर्ष ३४७ जनालाई मृत्युदण्ड


  • 1.5K
    Shares

    साउदीमा यस वर्ष ३४७ जनालाई मृत्युदण्ड
    images

    यस वर्ष साउदी अरेबियामा मृत्युदण्ड पाएका व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ।

    तथ्यांकअनुसार, यस वर्ष अहिलेसम्म ३४७ जनालाई मृत्युदण्ड दिइसकिएको छ। गत वर्ष भने यस अवधिमा ३४५ जनालाई मृत्युदण्ड दिइएको थियो। 

    यो तथ्यांक साउदी अरेबियामा मृत्युदण्डबारे अनुगमन गर्ने र पीडितहरूका पक्षमा वकालत गर्ने बेलायतस्थित समूह रिप्रिभले जारी गरेको हो।

    रिप्रिभले भनेको छ, ‘हामीले अनुगमन सुरु गरेदेखि यो साउदी अरेबियामा सबैभन्दा रक्तपातपूर्ण वर्ष भएको छ।’

    हालै मृत्युदण्ड पाएका व्यक्तिमा लागुपदार्थसम्बन्धी मुद्दामा दोषी ठहरिएका दुई पाकिस्तानी नागरिक पनि छन्।

    यस्तै यस वर्ष मृत्युदण्ड पाएकाहरूमा एक पत्रकार र विरोध प्रदर्शका बेला नाबालिग रहेका २ युवा पनि छन् भने ५ महिला छन्।

    रिप्रिभका अनुसार, मृत्युदण्ड दिइएका कुल व्यक्तिमध्ये दुईतिहाइ लागुपदार्थसँग सम्बन्धित अपराधमा दोषी ठहरिएका थिए।

    संयुक्त राष्ट्र संघले त्यस्ता अपराधमा मृत्युदण्ड दिनु अन्तर्राष्ट्रिय मापदण्ड र नियमविपरीत भएको बताएको छ।

    रिप्रिभका अनुसार मृत्युदण्डको सजाय सुनाइएका आधाभन्दा बढी विदेशी नागरिक थिए।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ०७:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij