Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो मधेश विज्ञान प्रतिष्ठान होः मुख्यमन्त्री राउत

प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो मधेश विज्ञान प्रतिष्ठान होः मुख्यमन्त्री राउत


  • 4.5K
    Shares

    प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो मधेश विज्ञान प्रतिष्ठान होः मुख्यमन्त्री राउत
    images

    काठमडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको बताएका छन् ।

    बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलोको रुपमा प्रतिष्ठान अघि बढेको बताए ।

    प्रतिष्ठानको एक वर्ष भित्रमा ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको संचालन र विशिष्टिकृत सेवाको संचालन गर्नु स्वागत योग्य रहेको भन्दै प्रशंशा समेत उनले गरे ।

    प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रतिष्ठानको उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गरे ।

    प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भई सकेको र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा रहेको बताए ।

    प्राविधिक शिक्षा सम्बन्धि विधेयक समेत संसदमा विचाराधीन रहेकोले एक महिना भित्रै पास हुने बताए । उनले विधेयक पास भए लगत्तै प्रदेश भरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन सहज हुने उनले बताए । गुठी मातहत रहेको जग्गा हाल मणिपालले लिजमा लिएको भएपनि जग्गा प्राप्तीको प्रक्रिया प्रदेश सरकारले शुरु गरिसकेको बताउदै उनले प्रतिष्ठान अन्यत्र नसर्ने बताए ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १३:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij